वीरगन्जको संकल्प लोकसेवाको भवनमा बिहीबार राति आगलागी हुँदा ६५ लाखभन्दा बढीको क्षति भएको छ।
संकल्प लोकसेवा ६ बजे खुल्छ र राति ८ बजेको समयमा बन्द हुन्छ। सधैंको जस्तै बुधबार पनि उक्त लोकसेवा तयारी केन्द्र बिहान ६ बजे खुल्छ र ७ बजे विद्यार्थीहरुको छुट्टि भएर ८ बजे बन्द हुन्छ। जाने बेला बत्ती निभाएर, डेस्कटप बन्द गरेर सबै कुराहरू हेरेर संकल्प लोकसेवाका संस्थापक एवम् अध्यापक अशोक साह घर जान्छन् र राति साँढे १२ बजेको समयमा फोन आउँछ तपाईंको भवनमा आगलागी भएको छ।
‘आगलागी भएको स्थान जिल्ला प्रहरी कार्यालय पर्साको नजिकै छ। घटना स्थलमा संस्थापक साह आउदासम्म पनि प्रहरीलाई आगोलागेको जानकारी थिएन। आगो निभाउन प्रहरी कार्यालयमा प्रहरीको आफ्नै वारुणयन्त्र पनि छ ।’
साह आगलागीको खबर सुनेर हतारमा आउछन्। आगो लागेको देखेर प्रहरीलाई खबर गर्छन् र आगो निभाउन वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रलाई फोन गरिन्छ वीरगन्जको वारुणयन्त्र लगभग ३० मिनेट पछि आएर आगो निभाउने प्रयास गर्छ तबसम्म ट्यांकीको पानी सक्छ त्यसपछी प्रहरीको वारुणयन्त्र बाट लगभग ३ बजेसम्म आगो निभाउने प्रयास गरिन्छ र सफल भईन्छ। जबसम्म संकल्पको कार्यालयमा रहको किताब, कागजात, डेस्क, बेन्च, कम्पुटर, जेनेरेटर, डिजिटल बोर्ड, पंखा ईत्यादी जलेर नष्ट हुन्छ।
उक्त आगलागीबाट संकल्प लोकसेवाको ३ वटा स्मार्ट बोर्ड , ६ वटा कम्प्युटर, ३ वटा ल्यापटप, एउटा जेनेरेटर, फ्रिज, २ वटा प्रोजेक्टर, एसी, ४ वटा प्रिन्टर, ४०-४५ वटा पंखा, किताब, कागजात र डेस्क बेन्च ईत्यादी अफिस मेटेरियल जलेर लगभग ६५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। विद्यार्थीहरुलाई पढाउने एउटा स्मार्ट बोर्डको साढे ३ लाख रुपैयाँ पर्छ संकल्पका संस्थापक अशोक साह बताउनुहुन्छ।

यस्तै उनले उक्त घटना नियोजित ढंगले भएको आरोप लगाएका छन्। संचारमाध्यममा कुरा गर्दै साह भन्छन् , “घटनाको पैटर्न हेर्दा घटना नियोजित तरिकाले घटेको छ। सर्ट सर्किट भएको भए सिमित एरियामा आगो लाग्थ्यो। तर यसरी भएको छैन कुनाकुनामा आगोको लागेको छ केही बचेको छैन। जसकाकारण यो आगो लागेको भन्दा पनि लगाइएको जस्तो देखिन्छ।” यस्तै उनले स्थानीय सरकारसंग सहयोगको अपेक्षा पनि राखेका छन्।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नं ८ स्थित विगत ४ वर्षदेखि संचालित संकल्प लोकसेवाको भवनमा बिहीबार राति १२ बजे आगलागी भएको थियो। त्यो भन्दा पहिले उक्त लोकसेवा तयारी केन्द्र अर्को ठाउँमा थियो। संकल्प लोकसेवाले वीरगन्जमा झण्डै १६ वर्षदेखि सेवा दिदैं आएको छ।
आगो लागेपछि पढाई भने आईतबारसम्मको लागि स्थगित भएको छ भने आईतबार देखि बैकल्पिक साधन प्रयोग गरेर पढाईलाई निरन्तरता दिईने बताइएको छ।



