बाराको सिमरामा महिला, युवा तथा सिमान्तकृत समुदायको लागि सुचनाको हक सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ।
सामुदायिक सारथीको आयोजनामा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ स्थित होटल क्लासिक प्लाजामा आयोजित कार्यक्रममा बाराको १६ वटै पालिकाका ३० जना महिला, युवा तथा सिमान्तकृत समुदायका मानिसहरूको सहभागिता रहेको थियो।
पहिलो दिनको कार्यक्रम मंगलबार २२ गते भएको थियो। भने कार्यक्रममा ५ जना प्रशिक्षकहरुले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए। पहिलो दिनको कार्यक्रममा तारा बहादुर भण्डारीले सुचनाको हक सम्बन्धी ऐन, कानुन र निति नियमको बारेमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए।

दोस्रो दिन बुधबार अनिता गुरुङले सुचना प्राप्त गर्ने माध्यम, सुचनाको आवश्यकता, सुचना प्रवाह गर्ने माध्यम लगायतका विषयहरुको बारेमा जानकारी दिनुभएको थियो। यस्तै उनले समाजमा हुने कटुवाल लगायत पुरानो तथा लोपोन्मुख माध्यमहरुको बारेमा पनि प्रशिक्षण दिनुभएको थियो।

यस्तै अर्का प्रशिक्षक कर्ण नेपालीले दलितको समस्या उपायको बारेमा प्रशिक्षण दिएका थिए। प्रशिक्षण दिने क्रममा सहभागीहरुले दलितको विषयमा दिएको प्रतिकृयालाई सम्बोधन गर्दै दलितलाई समस्याको रुपमा नभई सवालको रुपमा हेर्न सुझाव दिएका थिए।
त्यस्तै अर्का प्रशिक्षक डाक्टर श्रीराम पौडेलले सुचना माग्ने तरिका, सुचना माग्ने व्यक्ति, लाग्ने शुल्क, सुचना प्राप्त गर्ने समयावधि, कानुनी उपचार लगायतका विषयहरुमा प्रशिक्षण दिएका थिए। यस्तै उनले सहभागीहरुलाई सुचना माग्ने तरिकाको बारेमा अभ्यास पनि गराएका थिए।
नेपालको संविधान २०७२ को भाग ३ मा मौलिक हकको रुपमा धारा २७ मा ‘सुचनाको हक’ को व्यवस्था गरिएको छ। सुचनाको हक सम्बन्धी ऐन २०६४ मा व्यवस्थित गरिएको थियो भने सुचनाको हक सम्बन्धी नियमावली २०६५ मा जारी गरिएको थियो।
कार्यक्रममा नियमको बारेमा, स्वागत मन्तब्य, सहभागीहरुको परिचय, संचालन एवम् उद्घोषणको जिम्मेवारी संतोष पाण्डेले गर्नुभएको थियो।
तस्वीरहरु













