गत चैत्र १५ गतेदेखि शुरु भएको र बैशाख २७ गतेसम्म चलेको एसईई परीक्षा दिएका विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न भएको छ।
बाराको कलैया उपमहानगरपालिका वडा नं १० मटिअर्वामा अवस्थित सनराईज कोचिङ सेन्टरले शनिबार एक कार्यक्रम आयोजना गरी उक्त विद्यार्थीहरुको विदाई गरेको हो।
कोचिङमा अध्ययनरत १६ जना छात्रा र २९ जना छात्र गरी ४५ जना विद्यार्थी गत वर्षको एसईई परीक्षामा सहभागी भएका थिए। उक्त कार्यक्रममा कोचिङका फाउण्डर एवम् प्रिन्सिपल सन्तोष कुमार साहले विद्यार्थीहरुलाई उत्साहित तथा प्रेरित गर्न बार्षिक, मासिक, साप्ताहिक तथा मल्टिपल कुस्चन परीक्षामा उत्कृष्ट गरेका विद्यार्थीहरुलाई सम्मानित तथा पुरस्कृत गरेका थिए।
उक्त वडाको सबैभन्दा ठुलो एवम् पुरानो श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मटिअर्वाको प्रधानाध्यापक रामबाबु कुशवाहाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तब्य नेपाली विषयका विज्ञ शिक्षक नरेश केशरीले स्वागत मन्तव्य, रमेश कुशवाहाले प्रेरणा वक्तव्य राखेका थिए।
उक्त कार्यक्रममा अभिभावक, शिक्षक, कक्षा आठ र नौ का विद्यार्थी एवम् स्थानीय जनप्रतिनिधिहरूको सहभागीता रहेको थियो। कार्यक्रमको संचालन एवम् उद्घोषण उक्त कोचिङका अध्यापक शिवलाल साह, कक्षा आठमा अध्ययनरत निकिता प्रजापति तथा नन्दनी साहले गरेका थिए।





