भदौ ०४, वीरगञ्ज – प्रहलाद चौरसिया
चितवनको इच्छाकामना–६ टोपेखोला नजिकै सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ।
सोमबार राति ८ बजेतिर पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए। हिजो खसेको पहिरो ४/५ वर्ष यताकै ठूलो पहिरो हो ।
सडक डिभिजन कार्यालयसँग समन्वय गरी पहिरो पन्छाउने पहल भइरहेको उनले बताए। हिजो खसेको पहिरोले बाटो अवरुद्ध हुँदा यात्रुहरु रोकिएका छन । बाटोबाट पहिरो हटाउने काम भइरहेको छ आज बेलुका सम्म बाटो खोल्ने प्रयास सडक डिभिजन कार्यालयले जनाएको छ ।


